काठमाडौं- संक्रामक रोग विशेषज्ञ तथा ह्वाइट हाउसका प्रमुख चिकित्सा सल्लाहकार डा एन्थोनी फाउची कोरोना संक्रमित भएका छन्।
उनमा कोरोनाको हल्का लक्षणहरू देखिएका छन्। डा फौसी निको नभएसम्म अलग्गै बस्नेछन् र आफ्नो घरबाटै काम जारी राख्नेछन्। उनले कोरोनाको सबै डोज खोप लगाइसकेको उनको कार्यालयले जनाएको छ।
डा फाउचीले सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको कोरोना गाइडलाइन्स र डाक्टरको सल्लाहलाई पालना गर्नेछन् र कोरोनाबाट निको भएर काममा फर्किनेछन्। एजेन्सी