काठमाडौं- भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८४७ जना संक्रमित भएका छन्। बिहीबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना संक्रमित यो संख्या तीन महिनापछिको नै धेरै हो।
भारतमा बुधबार र बिहीबार दुईदिन लगातार कोरोना संक्रमितको संख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
यसवर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ संक्रमित थपिएका थिए। गत बिहीबार भारतमा बाह्र हजार २१३ कोरोना संक्रमित भएका थिए। भारतमा हाल कोरोनाका कुल संक्रमितको संख्या चार करोड ३२ लाख ७० हजार ५७७ पुगेको छ।