काठमाडौं- काठमाडौ महानगरले महानगरमा कर तिेरेका नागरिकलाई स्वास्थ्य बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिने भएको छ।
आईतबार काठमाडौं महानगरपालिकाको नगर सभामा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैे महानगरपालिका प्रमुख बालेन शाहले महानगरमा कर तिर्ने नागरिकलाई स्वास्थ्य बीमा शुल्कमा बढीमा ५० प्रतिशतसम्म छुट दिने बताए।
यस्तै उनले महानगरमा स्थायी बसोबास गर्ने विपन्न नागरिकलाई अस्पतालमा निःशुल्क वेडको व्यवस्था गर्ने बताए।
यस्तै नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि गर्न महानगर जनस्वास्थ्य ऐन जारी गर्ने पनि उनले बताए। महानगरका आवासिय संस्थागत विद्यालयमा कम्तिमा एकजना चिकित्सकको व्यवस्था गरिने भएको छ।