काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद एवं स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफूहरु मन्त्री छोड्न तयार रहेको बताएका छन्।
एकीकृत समाजवादीको पोलिटब्युरो बैठकपछि बोल्दै उनले मन्त्री पद छोड्नका लागि लिखित प्रतिबद्धता दिएको बताएका छन्।
‘हामी मन्त्री छोड्न तयार छौं भनेर लेखेर दिएको छौ,’ उनले भने, ‘राष्ट्रिय सभाबाट बजेट पारित भएपछि हामी आफैं छोड्न तपार छौं।’