काठमाडौं- नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले राष्ट्रपति कार्यालय शितल निवासमा शपथ लिएलगत्तै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन्। रामशाहपदस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका मन्त्री खापुङले फाइलमा हस्ताक्षर गर्दै निर्णय समेत गरेका छन्।
मन्त्री खापुङले पहिलो निर्णयका रुपमा ग्लोबल फण्डको कार्यक्रम सरकार आफैंले सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने फाइलमा हस्ताक्षर गरेका हुन्। सन् २०२४ देखि ग्लोबल फण्डको कार्यक्रम स्वास्थ्य मन्त्रालयमा नै सचिवालय बनाएर सञ्चालन गर्ने प्रस्ताव उक्त फाइलमा रहेको बताइएको छ।
हाल ग्लोबल फण्डको कार्यक्रम सेभ द चिल्ड्रेनले चलाउँदै आइरहेको छ।
ग्लबोल फण्डले मुख्यगरी एचआइभी, क्षयरोग, औलोका क्षेत्रमा सहयोग गर्दै आइरहेको छ।