काठमाडौं- चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्तितर्फ म्याचिङ हुने उम्मेदवारको पहिलो भर्नासूची प्रकाशित गरिएको छ।
एकीकृत प्रवेश परीक्षाको योग्यताक्रम र परीक्षार्थीले निर्धारण गरेको प्राथमिकताका आधारमा छात्रवृत्तितर्फको पहिलो भर्नासूची प्रकाशन गरिएको चिकित्सा शिक्षा आयोगले जनाएको छ।
सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानमा असार २२ गते कार्यालय समयभित्र भर्ना भइसक्न आयोगले आग्रह गरेको छ।