काठमाडौं– थप दुई जनामा हैजा भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हेटौंडा र चाँगुनारायण नगरपालिकाका गरी दुई जनामा हैजाका बिरामी भेटिएको बताए। ती दुवै जनाको अहिले उपचार भइरहेको छ।
नयाँ थपिएकासँग अहिलेसम्म २१ जनामा हैजा भेटिएको उनले जानकारी दिए। अहिलेसम्म पाँच जना बिरामीको उपचार भइरहेको छ। हैजा तथा झाडापखाला रोगबाट बँच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानीमात्र पिउन आग्रह गरिएको छ।
यस्तै खानेपानीलाई सधैँ सफा भाँडोले छोप्न, खानेकुरालाई राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखानसमेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ।