गर्भावस्था महिलाको जीवनमा सबैभन्दा कठिन चरण हो। यो समयमा तपाईंले आफ्नो शरीरको धेरै हेरचाह गर्नुपर्छ। यहाँ हामी केही प्रश्नहरूको जवाफ दिनेछौं जुन सामान्य रूपमा आउँछन्।
१- म नियमित कसरत गर्थें। के म गर्भावस्थाको समयमा यो जारी राख्न सक्छु?
गर्भावस्थाको समयमा कसरत निकै जरुरी छ। वास्तवमा तपाइँको मांसपेशीमा बलको विकास गर्नको लागी कसरतले सहयोग गर्छ। जसले प्रसवको समयमा शरीरलाई सजिलो बनाउँछ।
२- म बिहानको वाकवाकी कसरी निको पार्न सक्छु?
कडा गन्ध र कडा खानाबाट टाढा रहेमा यसबाट बच्न मद्दत पुग्छ। थोरै तर बारम्बार खाना खानुहोस्। खाना पकाउँदा झ्याल खोल्नुहोस्। जब तपाईं बिहान उठ्नुहुन्छ, तपाईंले गर्नुपर्ने कुरा भनेको बिस्कुट वा कुकीज खानुहोस्। यसले तपाईंको पेट्मा एसिडको स्तर र शरीरमा चिनीको स्तरलाई स्थिर बनाउँछ। यदि तपाईंलाई अत्यधिक वाकवाकी वा बान्ता छ भने डाक्टरको सल्लाह लिनुहोस्।
३- के म मेरो कपाल कलर गर्न सक्छु?
भ्रूणमा रासायनिक रंगको प्रभाव अज्ञात छ। तर, पहिलो त्रैमासिकमा कपालमा रङ लगाउन डाक्टरहरूले सिफारिस गर्दैनन्।
४- कसरत गर्दा धेरै थाकेको छु, फिट रहन अरु के गर्न सक्छु?
गर्भावस्थामा थकान महसुस हुनु सामान्य कुरा हो। सबै भन्दा पहिले सुनिश्चित गर्नुहोस् कि तपाईं पर्याप्त आराम गर्दै हुनुहुन्छ। थकानबाट बच्न आफ्नो कसरतलाई दिनको २-३ सत्रमा विभाजन गर्नुहोस्। आफ्नो डाक्टरको सल्लाह लिनुहोस्।
५- म कसरी छातीपोलेको उपचार गर्न सक्छु?
एक दिनमा ६-७ पटक थोरै खाना खानुहोस्। प्रशस्त पानी पिउनुहोस्। खाना खाएपछि १-२ घण्टासम्म सीधा बस्नुहोस्। चिल्लो खानेकुराबाट बच्नुहोस्।
६- गर्भावस्थामा कब्जियत कसरी हटाउने?
गर्भावस्थाको समयमा कब्जियत सामान्य हो। प्रशस्त पानी पिउनुहोस् र आफ्नो आहारमा फाइबर समावेश गर्नुहोस्।
७- म कहिले बच्चा चलेको महसुस गर्न सक्छु?
तपाईंले २०औं हप्तामा सामान्य चालहरू महसुस गर्न सक्नुहुन्छ र बिस्तारै तपाईंले ९ औं महिनासम्म बच्चाको चालहरू अनुभव गर्नुहुनेछ।
८- के गर्भावस्थाको समयमा हवाइ यात्रा गर्न सुरक्षित छ?
यदि तपाईंको सामान्य गर्भावस्था छ भने हवाइ यात्रामा कुनै समस्या हुँदैन। तर, लामो अवधिको यात्राले समस्या निम्त्याउन सक्छ। यात्रा गर्नुअघि स्त्री रोग विशेषज्ञसँग परामर्श गर्नुहोस्।
९- के म गर्भावस्थामा योनसम्पर्क गर्न सक्छु?
यदि दुवै पार्टनर स्वस्थ छन् भने गर्भावस्थाको समयमा योनसम्पर्क हानिकारक छैन। तर यसले बच्चालाई असर गर्नुहुँदैन।
१०- म कसरी स्ट्रेच मार्कहरू रोक्न सक्छु?
गर्भावस्थाको समयमा स्ट्रेच मार्कहरू सामान्य हो। मोइस्चराइजर र भिटामिन सीको सेवन वा नरिवलको तेल प्रयोगले यो कम गर्न सकिन्छ। आफ्नो डाक्टरलाई स्ट्रेचिङको कारण चिलाउने र दागहरू कम गर्न केही जेल वा मल्हम लगाउने बारे सोध्नुहोस्।
-(गुप्ता परोपकार प्रसूति तथा स्त्रीरोग अस्पातल थापाथलीमा कार्यरत छन्l)