काठमाडौँ- काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थप एक जनामा हैजाको बिरामी भेटिएको बताए।
उनका अनुसार भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको छ। अहिलेसम्म हैजाका बिरामी २८ पुगेको छ।