काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमितको व्यवस्थापन र उपचारका लागि सातवटै प्रदेशमा अस्पतालहरु तोकेको छ।
मन्त्रालयले मध्यम (मोडरेट) र गम्भीर संक्रमितको व्यवस्थापनका लागि १७ वटा अस्पतालहरु तोकेको हो।
यी हुन् कोभिड व्यवस्थापनका लागि तोकिएका अस्पतालहरु
प्रदेश १ मा कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
मधेश प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल र नारायणी अस्पताल
बागमती प्रदेशमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पताल
गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अस्पताल
लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल र भेरी अस्पताल
कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत प्रादेशिक अस्पताल
सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा अस्पताल र सेती प्रादेशिक अस्पताल