काठमाडौं - प्रजातन्त्रवादी चिकित्सक संघ प्रदेश १ को अध्यक्षमा डा फरवार्ड सिलवाल निर्विरोध निर्वाचित भएका छन्। संघको शनिबार भएको कार्यक्रममा डा सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको घोषणा गरिएको हो।
वरिष्ठ उपाध्यक्ष डा आलोक भण्डारी, उपाध्यक्षमा क्रमश डा सुनिल रेग्मी, डा दिपेश पोखरेल (झापा), डा धन केशर खड्का (धरान) र डा सुजन गौतम (इटहरी) चयन भएका छन्। प्रदेश १ को नयाँ कार्यसमितिको नाम संघका केन्द्रीय अध्यक्ष डा अनिल कार्कीले घोषणा गरेका हुन्।
महासचिवमा डा विपिन कोइराला, सचिवमा डा राजाबाबु मण्डल र डा तजेन्द्र कार्की, कोषाध्यक्षमा डा ठाकुर कोइराला र सहकोषाध्यक्षमा डा रौनक दाहाल चयन भएका छन्।
सदस्यहरुमा डा पुरु कोइाला, डा राजा सुवाल, डा सन्जिव शाह, डा हरि घिमिरे, डा जुबिन सिलवाल, डा विशम्भर यादव, डा जितेन्द्र मण्डल, डा डोजेन्द्र बस्नेत, डा फरेन्द्र शाह, डा निलेश देव, डा एलिशा कार्की, डा अमित प्रताप शाह, डा अस्मिता रायमाझी र डा अनिता भट्ट चयन भएको संघले जनाएको छ।
यस्तै, सल्लाहकारहरुमा डा नारायण कुमार, डा शित्तल प्रसाद यादव, डा योगेन्द्र मिश्र, डा मदन कोइराला, डा विश्वनाथ अधिकारी, डा यज्ञराज पाठक, डा नवराज कोइराला र डा आनन्द आचार्य रहेका छन्।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले प्रमाणपत्र वितरण गरेका थिए। सहमहामन्त्री प्रमिला गच्छदार, नगरसभापति दिपक चापागाई कार्यक्रममा सहभागी थिए।
नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की, प्रजातन्त्रवादी चिकित्सक संघका संस्थापक महासचिव डा मुक्तिराम श्रेष्ठ, प्रजातन्त्रवादी चिकित्सक संघका संस्थापक अध्यक्ष डा केदार नरसिंह केसी, विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइराला, नेपाल चिकित्सक संघका महासचिव डा बद्री रिजाल, पूर्व महासचिव डा भूपेन्द्र कुमार बस्नेत, प्रजातन्त्रवादी चिकित्सक संघका महासचिव डा संयुक्त आचार्यले कार्यक्रममा आफ्नो धारणा राखेका थिए।