काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हीराचन्द्र केसीले वंशाणुगत रोग केन्द्र स्थापनाको पहल थाल्ने बताएका छन् ।
वीर अस्पतालको वंशाणुगत युनिटले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री केसीले वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धान र उपचारका लागि वंशाणुगत रोग केन्द्र स्थापनाको लागि पहल थाल्ने बताएका हुन् ।
‘नेपालमा वंशाणुगत रोगका विषयमा अध्ययन नभएको पाइएको छ,’ उनले भने, ‘वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धानका साथसाथै अत्याधुनिक प्रविधि सहितको उपचार गर्ने छुट्टै वंशाणुगत रोग केन्द्र स्थापना गर्न आवश्यक छ ।’
उनले वंशाणुगत रोगको विषयमा तथ्यांक राख्नुपर्ने र अध्ययन गर्न आवश्यक रहेको बताए ।
वीर अस्पतालकी वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुरले वीर अस्पतालमा रगतजन्य वंशाणुगत रोगको उपचार निशुल्क हुँदै आएको र यसले विरामीलाई राहत पुगेको बताइन् ।
वंशाणुगत रोगका सन्दर्भमा सरकारले निती योजना तर्जुमा गर्न आवश्यक रहेको उनको भनाइ छ ।