टोकियो–जापानले कोभिडको सातौँं लहरले देशव्यापी प्रभाव पारेको जनाएको छ। कोभिड संक्रमितको दर उच्च बन्दै गएपछि जापानको यो भनाइ आएको हो।
पछिल्लो २४ घण्टामा एक लाख ८६ हजार २४६ थप व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
राजधानी टोकियोमा संक्रमण अहिलेसम्मकै सबैभन्दा बढी देखिएको छ। ओसाका र फुकुओका प्रिफेक्चरहरूले पनि बिहीबार नयाँ दैनिक संक्रमितको उच्च रेकर्ड रहेको जनाएका छन्। कोभिडको अत्यधिक सर्नसक्ने क्षमता रहेको मानिएको बीए–५ ओमिक्रोन भेरियन्टले संक्रमण दरलाई उच्च बनाएको जनाइएको छ।
सरकारी अधिकारीले राजधानीका बासिन्दाहरूलाई बुस्टर डोज लिन र अन्य एन्टिभाइरल उपाय अपनाउन आग्रह गरेका छन्।