काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा २० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा २० हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो।
उक्त अवधिमा ३६ जनाको संक्रमणका कारण मृत्यु भएको छ। यसअघि भारतमा लगातार तीन दिनसम्म दैनिक २१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो।