काठमाडौं- अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा एक हप्तामा हैजाको प्रकोपका कारण कम्तीमा सात बालबालिकाले ज्यान गुमाएका छन्। अन्य ६६७ जनामा हैजाको संक्रमण भेटिएको छ।
संक्रमणका कारण भएको मानवीय क्षतिबारे कान्दहारका चिकित्सक मोहम्मद दाउद आयुबीले बुधबार भने, “एक हप्तामा कम्तीमा सात जनाको हैजाका कारण मृत्यु भएको छ। कूल नौ हजार ५०० बिरामीलाई स्वास्थ्य सेवा केन्द्रमा लगिएको छ। तीमध्ये ६६७ जनामा हैजा संक्रमण देखिएको छ।”
हैजाको प्रकोपले यसअघि पनि छिमेकी हेलमन्ड प्रान्तमा २० जना बालबालिकाको ज्यान गएको थियो भने कान्दहार, हेलमन्ड र छिमेकी जाबुलमा सयौं संक्रमित भएको र उत्तरी जावजन र कुन्दुजमा हजारौं व्यक्ति सङ्क्रमित भएको जनाइएको छ।