प्रत्येक वर्ष अगस्टको पहिलो हप्तालाई विश्व स्तनपान सप्ताह को रुपमा मनाउने गरिन्छ। विश्व स्वास्थ्य संगठनले प्रस्तुत गरेका केही तथ्यहरुमा बच्चा जन्मेको १ घन्टा भित्र आमाको दूध प्रत्येक ५ जनामा ३ जनाले मात्रै गरेका छन्।
यदि आमाको दूध कम्तिमा पनि जन्मेदेखि २ वर्षसम्म प्रयोग गरेमा मात्रै पनि संसार भरिमा लगभग वर्षमा ८२०००० जना बच्चाहरुको ज्यान जोगाउन सकिन्थ्यो।
त्यस्तै एडीएचएस २०१६ ले निकालेको तथ्यांक अनुसार २ वर्ष मुनिका करिब ५५ प्रतिशत बालबालिकाले पहिलो एक घन्टामै स्तनपान गरेका हुन्छन भने करिब ६६ प्रतिशत बच्चाहरुले ६ महिनासम्म आमाको दूध मात्रै प्रयोग गरेका छन्। त्यसैगरी प्रत्येक १० जनामा ३ जना शिशुलाई जन्मिनै बित्तिकै बिगौती दूध नखुवाएर गलत परम्पराको नाममा मह, घिउ वा चिनी आदि चटाउने पाईएको छ। जुन चाहिँ शिशुलाई फाइदा भन्दा बढी बेफाइदा गराउँदछ।
त्यसैगरी छोरीलाई ५ महिना र छोरालाई ६ महिनापछि अन्नप्रासन गर्ने पुरानो चलन पनि सुनिदै र देखिदै आएको छ। जसमा कुनै वैज्ञानिक कारण देखिँदैन। अनि ६ महिना नपुग्दै लिटो खुवाउने बच्चाहरु पनि थुप्रै बिरामी बनाएर अभिभावकहरु ओपिडी आउनु हुन्छ। जुन चाहि एकदम गलत व्यबहार हो।त्यसैले पनि स्तनपान सम्बन्धी जनचेतना बढाउनु अनिबार्य देखिन्छ। र यो वर्ष सन २०२२ को स्लोगन पनि स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौ भन्ने रहेको छ।
आउनु होस् आजको यस लेखमा स्तनपानको मह्त्व को बारेमा केही चर्चा गर्नेछौ।
बच्चाहरुको लागि आमाको दूधको महत्व
• आमाको दूध बालबालिकाको लागि अमृत समान हो। आमाको दूध शिशुको लागि पहिलो खोप हो र यसमा रोगसँग लड्न सक्ने तत्व हुन्छ।
• बालबालिकालाई आवश्यक पर्ने प्रयाप्त पानी तथा खनिज तत्वहरु हुन्छन्।
• सधैं सफा र सुरक्षित हुन्छ।
• झाडा पखाला तथा श्वास प्रश्वास सम्बन्धी संक्रमणहरुविरुद्ध लड्ने प्रतीरोधात्मक तत्व हुन्छ।
• सधैं तयारी अवस्था र उपयुक्त तापक्रममा हुन्छ।
• बालबालिकाले सजिलै पचाउन सक्छन्।
• एलर्जीविरुद्ध रक्षा गर्छ।
• दाँत र गिजाको विकास गर्न सहयोग गर्छ भने अनुहारको मांशपेशिको विकास गर्न सहयोग गर्छ।
• आमासँग स्नेहपूर्ण सम्बन्ध हुन्छ जसले बालबालिकाको मानसिक,शारीरिक तथा सामाजिक विकास गर्न सहयोग गर्छ।
आमाको लागि महत्व
• बच्चा जन्मनेबित्तिकै आमाको दूध चुसायो भने सालनाल छिट्टै बाहिर निस्किन्छ र पाठेघरबाट बढी रगत बग्ने समस्या पनि कम हुन्छ।
• आमाको धेरै दूध आउन पनि सहयोग गर्छ र दूध गानिनबाट रोकथाम हुन्छ।
• महिलाहरुमा हुने स्तन र पाठेघरको क्यान्सरको खतरालाई कम गर्दछ।
• बच्चा जन्मेको पहिलो ६ महिनासम्म प्रभावकारी पूर्ण स्तनपान गराएमा गर्भ निरोधकको (९८%) को काम गर्दछ।
परिवारको लागि महत्व
• अन्य दूध किन्ने पैसाको बचत, दाउरा वा अन्य इन्धन खर्चमा कमी हुन्छ।
• अन्य दूध तयारी गर्दा लाग्ने समय को बचत हुन्छ भने बच्चा हरु कम बिरामी हुने हुँदा औषधि खर्च पनि बच्छ।
राष्ट्रको लागि महत्व
• अन्य कृतिम दूध आयात गर्नु नपर्दा राष्ट्रिय आम्दानी बचत हुन्छ।
• स्वस्थ बालबालिका नै स्वस्थ नागरिक भई देश विकासमा टेवा पुर्याउने हुन्छन्।
• बाल रोग र बाल मृत्युदरमा कमी आई उपचारमा लाग्ने राष्ट्रिय खर्च पनि घट्छ।
स्तनपान नगराउदा बच्चालाई हुने जोखिम
• मृत्यु हुने जोखिम बढी हुन्छ।
• बिरामी भईराख्ने गर्दछन।
• शारीरिक तथा मानसिक विकासमा कमी आउँछ।
• बच्चाले असुरक्षित महसुस गर्दछन्।
• दाँत सम्बन्धी समस्याहरु देखा पर्दछ।
• पछि गएर मुटु रोग,मधुमेह ,क्यान्सर, दम जस्ता रोगहरुको जोखिम उच्च हुन्छ।
आमालाई हुन सक्ने जोखिम
• आमालाई रक्त्तअल्पता हुने जोखिम बढछ।
• आमा छिट्टै गर्भवती हुन सक्छिन।
• शिशुसँग नजिकपनमा पनि कमी आउँछ।
• सुत्केरी अवस्थामा उत्पन्न हुने मानसिक उदासिनता हुने जोखिम बढ्छ।
• स्तनपान नगराउने आमाहरुमा पाठेघर र स्तन कोक्यान्सर हुने सम्भावना बढी हुन्छ।
बालबालिकाले आमाको दूध खान चाहेको संकेतहरु
• चलमलाउनु छट्पटाउनु
• मुख आँ गरी टाउको यता उती घुमाउनु
• जिब्रो घरि घरि भित्र बाहिर गरी रहनु
• औंला वा मुट्ठी चुस्नु
• रुनु भनेको भोकाएको अन्तिम संकेत दिनु हो।