काठमाडौं- भीआर प्रविधिको सहयोगमा ब्रजिलमा टाउको जोडिएका जुम्ल्याहा बालकको सफल शल्यक्रिया गरिएको छ।
बर्नार्डो र आर्थर लिमा तीन वर्षका भए। उनीहरूको शरीर छुट्ट्याउने जटिल शल्यक्रिया रिओ डे जेनेरोमा गरिएको हो।
त्यसका लागि लन्डनस्थित एक अस्पतालका बालन्यूरोसर्जनले मार्गनिर्देशन गरेका थिए। दर्जनौँ स्वास्थ्यकर्मीहरूको टोलीले उक्त शल्यक्रियाका लागि महिनौँ सीटी र एमआरआईमा आधारित भर्चूअल रीयालिटीको अभ्यास गरेको थियो।
ती बालकहरू अहिले एउटा अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन्। एजेन्सी