काठमाडौं- पाकिस्तानमा डेंगुको संक्रमण फैलिँदै गएको छ। डेङ्गी फैलिएपछि पञ्जाब प्रान्तको रावलपिण्डी जिल्लामा आपतकाल घोषणा गरिएको छ।
स्थानीय स्वास्थ्य विभागका अनुसार डेंगुको संक्रमण फैलिएपछि रावलपिण्डी जिल्लालाई अति संवेदनशील जिल्लामा राखिएको छ। त्यहाँका अस्पताललाई डेङ्गी भएका बिरामीको तत्काल उपचार थाल्न निर्देशन दिइएको छ। डेङ्गी नियन्त्रणका लागि लामखुट्टे नष्ट गर्ने अभियान सुरु भएको छ।
एक हजारभन्दा धेरै समूह लामखुट्टे नष्ट गर्ने अभियानमा रहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। डेङ्गीको भाइरसबाट सङ्क्रमित एडिस जातका पोथी लामखुट्टेको टोकाइका कारण यो रोग मानिसमा सर्छ। एजेन्सी