काठमाडौं–भारतमा मंकीपक्स भाइरसको नयाँ भेरियन्ट फेला परेको छ। इण्डियन काउन्सील अफ मेडिकल रिसर्च–नेशनल इन्स्टीच्युट अफ भाइरोलोजीले भारतमा मंकीपक्सको ‘ए.टु’ नामक भेरियन्ट फेला परेको जनाएको हो।
नयाँ भेरियन्टबाट २ जना संक्रमित भएको बताइएको छ। उनीहरु हालै युएईबाट फर्किएको बताइएको छ। यो भेरियन्ट युरोपमा हाल देखा परेको भाइरसभन्दा फरक रहेको बताइएको छ।
हालसम्म ८० मुलुकमा फैलिइसकेको यो भाइरसबाट भारतमा १ जनाको मृत्यु भइसकेको छ। यो भाइरसलाई विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषित गरिसकेको छ। एजेन्सी