काठमाडौं- साकाहारीमा मांसाहारीभन्दा क्यान्सरको जोखिम कम हुने पाइएको छ। हालै एक अनुसन्धानले साकाहारीमा मांसाहारीबीच क्यान्सरको जोखिमको तुलना गरिएको छ। यसलाई हालै विश्व क्यान्सर रिसर्च फण्ड, क्यान्सर रिसर्च युके एवं अक्सफोर्ड पपुलेसन हेल्थले बीएमसी मेडिकल जर्नलमा प्रकाशित गरेका छन्। अनुसन्धानमा ४ लाख ७२ हजार मानिसलाई सहभागी गराइएको थियो।
उनीहरुको डाइट डाटा युकेको बायोबैंकबाट लिइएको थियो। मासु वा माछा खाने मानिसलाई अलग-अलग क्याटागोरीमा बाडिएको थियो। ती व्यक्तिहरुको ११.४ वर्षको डाइट प्याटर्न फ्लो गरिएको थियो। पहिलो समूहमा ती व्यक्ति थिए जो हप्ताको पाँच वा त्यो भन्दा बढी दिन ननभेज खान्थे। यी मानिसहरु रातो मासुदेखि चिकेनसम्म सबै प्रकारका ननभेज खान्थे।
दोस्रो समूहमा ती मानिसहरु थिए, जो हप्तामा ५ दिन वा सोभन्दा कम मासु खान्थे। तेस्रो समूहमा ती मानिसहरुलाई राखिएको थियो, जो पेस्केटेरियन्स थिए, उनीहरु केवल माछा मात्रै खान्थे। चौथो र अन्तिम समूहमा यस्ता साकाहारी मानिसहरु राखिएको थियो, जसले कहिल्यै पनि ननभेज खाएका थिएनन्। अनुसन्धानबाट वैज्ञानिकहरुले यो पाए कि ननभेज खानेवाला मानिसहरुको तुलनामा कम ननभेज खानेवालामा कुनै पनि क्यान्सरको खतरा २ प्रतिशत कम हुन्छ। पेस्केटेरियन्समा यो खतरा १० प्रतिशत र साकाहारीमा १४ प्रतिशत कम हुन्छ।
कम मासु खाने मानिसहरु कोलोन क्यान्सरको जोखिम पनि ९ प्रतिशत कम पाइएको थियो। साकाहारी महिलामा रजोनिवृत्ति पछि हुने स्तन क्यान्सरको खतरा १८ प्रतिशत कम भएको पाइयो। यसको कारण सामान्य तौललाई मान्न सकिन्छ। यसैगरी, मांसाहारीको तुलनामा पेस्केटेयिन्समा प्रोस्टेट क्यान्सरको खतरा २० प्रतिशत कम र साकाहारीमा ३१ प्रतिशत कम पाइएको थियो। एजेन्सी