श्रीलङ्का- उत्तरी श्रीलङ्काका करिब ४२ विद्यार्थीलाई बारुलाको आक्रमणपछि अस्पताल भर्ना गरिएको छ। भावुनियाको विद्यालय भवन नजिकैको रुखमा रहेको बारुलाको गुँडमा बाधा पुगेपछि वरपरका मानिसहरूलाई आक्रमण गर्न थालेको शिक्षक तथा अभिभावकले सञ्चारमाध्यमलाई बताएका छन्।
पीडितहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको र केही विद्यार्थीहरूको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ताले जानकारी दिएका छन्।
शिक्षक र अभिभावकले तुरुन्तै विद्यालय खाली नगरेको भए अझै धेरै दुर्घटना हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन्।
जिल्लामा प्रत्येक वर्ष यस्ता केही आक्रमण हुने गरेको र स्थानीय प्रहरीले यस्ता घटनाविरुद्ध कारबाही गर्न वन्यजन्तु अधिकारीलाई आग्रह गर्ने रेका छन्। रासस