काठमाडौं- दक्षिण कोरियामा २४ घण्टाअघिको तुलनामा मङ्गलबार मध्यरातसम्म २९ हजार पाँच सय तीन कोभिड–१९ नयाँ संक्रमित देखिएका छन्। हाल कोरोनाका कुल संक्रमितको सङ्ख्या दुई करोड ५१ लाख ९४ हजार एक सय ७७ पुगेको स्वास्थ्य अधिकारीले बुधबार जानकारी दिएका छन्।
कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी ९केडिसिए०का अनुसार अघिल्लो दिन ३३ हजार दुई सय ४८ को तुलनामा मङ्गलबार केही कमी अर्थात २९ हजार पाँच सय तीन संक्रमित भएका छन्। गत हप्ताको पुष्टि भएका केसको दैनिक औसत सङ्ख्या २४ हजार ८६ थियो। नयाँ केसमध्ये, ७२ विदेशबाट आयात भएका छन्।
गम्भिर अवस्थामा रहेका संक्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा चारले घटेर दुई सय ४३ पुगेको छ।यस प्रकोपको कारण थप ४३ जनाको मृत्युको पुष्टि भएपछि कुल मृतकको सङ्ख्या २८ हजार आठ सय ९९ पुगेको जनाइएको छ। कुल मृत्यु दर ०।११ प्रतिशत रहेको बताइएको छ।