काठमाडौं- विश्व चर्चित कम्पनी युनिलिभरले डोभ तथा ट्रेसेमे नामका दुई स्याम्पूहरुलाई बजारबाट समेत फिर्ता लिएको छ।
कम्पनीले यी स्याम्पूहरुमा क्यान्सरको कारक तत्व केमिकल बेन्जेन भएको भन्दै फिर्ता लिने निर्णय गरेको बताइएको छ। शुक्रबार एक विज्ञप्ति निकाल्दै यो जानकारी कम्पनीले दिएको हो ।
कम्पनीले अक्टोबर २०२१ भन्दा अगाडि बनेका सबै स्याम्पू फिर्ता लिने जनाएको छ। कपालमा धेरै चायाँ परेको अवस्थामा यी स्याम्पूहरु प्रयोगमा लिइने गरिएको थियो।
गत वर्ष नै यी स्याम्पूहरुमा क्यान्सरको कारक तत्व रहेको एक रिसर्चले पाएको थियो। बेन्जिन मानव कार्सिनोजेन हो। बेन्जिनको एक्सपोजर श्वासप्रश्वासद्वारा तथा छाला मार्फत हुन सक्छ, र यसले ल्यूकेमिया र ब्लड क्यान्सर लगायतका क्यान्सरहरू निम्त्याउन सक्ने बताइएको छ।
यसको रसायनले महिलाहरूलाई पाठेघरको क्यान्सरको जोखिम बढ्न सक्ने बताइएको छ। सिएनएन