काठमाडौं- विश्वभरका वैज्ञानिकहरू डिमेन्सिया र अल्जाइमर जस्ता मस्तिष्क रोगहरूको स्थायी उपचार खोज्ने प्रयासमा छन्। यसैबीच, इङ्गल्याण्डको क्यामब्रिज युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मानिसमा लक्षणहरू देखिनु अघि नै यी रोगहरू पत्ता लगाउने तरिका पत्ता लगाएका छन्। अध्ययनका अनुसार यो रोग लाग्नुभन्दा ९ वर्षअघिनैपत्ता लगाउन सकिन्छ।
यो अध्ययनबाट पहिल्यै देखी नै भुल्ने समस्याबाट ग्रसित भएकाहरूबढी लाभान्वित हुनेछन्। अहिले डिमेन्सिया र पार्किन्सन रोगको कम्तीमा एउटा लक्षण देखा परेमा मात्र यो रोग पत्ता लाग्ने वैज्ञानिकहरू बताउँछन्। जबकि मस्तिष्कमा हुने यी परिवर्तनहरू धेरै वर्ष वा दशक पहिले हुन थाल्छन्।
अध्ययनमा संलग्न वैज्ञानिकहरूले ४० देखि ६९ वर्ष उमेर समूहका ५ लाख सहभागीहरूको बायोमेडिकल डाटा विश्लेषण गरेका थिए। यसमा जीवनशैली र स्वास्थ्यसँग सम्बन्धित जानकारी राखिएको थियो। डेटामा मानिसहरूको स्मरणशक्ति, समस्या समाधान, प्रतिक्रिया समय, बल र तौल वृद्धिको जानकारी समेत समावेश थियो।
नतिजा अनुसार अल्जाइमर भएका व्यक्तिहरूमा समस्या समाधान गर्ने क्षमताहरू, प्रतिक्रिया समय, संख्या सम्झना, र स्वस्थ मानिसहरूको तुलनामा मिल्दो क्षमता थियो। यी मानिसहरुको इतिहास हेर्दा उनीहरुको मानसिक क्षमता वर्षौ पहिले देखि कमजोर हुँदै गएको पाइएको थियो।
अनुसन्धानमा संलग्न क्याम्ब्रिज युनिभर्सिटीका चिकित्सक नोल स्वादिवुधिपोङ भन्छन्, ‘विरामीमा भुल्ने समस्याको कुनै ठोस लक्षण देखिनुभन्दा वर्षौंअघि नै त्यसमा हल्का लक्षण देखिन थाल्छ। अब यस अध्ययनको मद्दतले ५० वर्षभन्दा माथिका, उच्च रक्तचाप भएका, व्यायाम नगर्ने र मस्तिष्कसम्बन्धी रोगको उच्च जोखिममा रहेका व्यक्तिहरूको पहिल्यै जाँच गर्न सकिन्छ।’
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वमा ५ करोड ५० लाख मानिस डिमेन्सियाबाट पीडित छन्। यी बिरामीहरू मध्ये ६० प्रतिशत मानिसहरू कम वा मध्यम आय भएका देशहरूमा बस्छन्। भुल्ने बिरामीका अधिकांश बिरामी वृद्धवृद्धा छन्। डब्ल्यूएचओका अनुसार सन् २०३० सम्ममा बिरामीको संख्या ७ करोड ८० लाख पुग्ने छ। योसँगै सन् २०५० सम्ममा यो संख्या १३.९ करोड पुग्नेछ।
(दैनिक भास्करबाट)