काठमाडाैं- हामीलाई सहर बजारको झिलिमिली बत्ती मन पर्नेभए पनि यसले मधुमेह रोग पनि दिइरहेको छ। सबै प्रकारका कृत्रिम बत्तीहरू, मोबाइल/ल्यापटप जस्ता ग्याजेटहरू, शोरूम बाहिरको एलईडी, कारको हेडलाइट वा होर्डिङले पनि तपाईंलाई मधुमेहको शिकार बनाउन सक्छ।
चीनमा १ लाख मानिसमा गरिएको अनुसन्धानले सडक बत्ती र स्मार्टफोन जस्ता कृत्रिम बत्तीहरूले मधुमेहको जोखिम २५ प्रतिशतले बढाउन सक्ने देखाएको छ। वास्तवमा रातमा पनि दिनको अनुभूति गराउने यी बत्तीहरूले मानिसको बडी क्लक परिवर्तन गर्न थाल्छ, जसका कारण शरीरको रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने क्षमता घट्छ। सांघाईको रुइजिन अस्पतालका डाक्टर युजु भन्छन्, 'विश्वको ८० प्रतिशत जनसंख्या रातको अँध्यारोमा प्रकाश प्रदूषणको सिकार हुने गरेको छ।'
चीनमा मात्र प्रकाश प्रदूषणका कारण ९० लाख मानिस मधुमेहको सिकार भएका छन्। यी मानिसहरू चीनका १६२ सहरमा बस्छन्। चीनको गैरसंक्रामक रोग निगरानी अध्ययनमा उनीहरूलाई पहिचान गरिएको थियो। उनीहरुको सम्पूर्ण जीवन शैलीको विवरणआम्दानी, शिक्षा र पारिवारिक इतिहास यसमा रेकर्ड गरिएको छ।
अनुसन्धानका क्रममा अन्धकारमा लामो समयसम्म कृत्रिम प्रकाशमा बस्ने २८ प्रतिशत मानिसलाई खाना पचाउन समस्या हुन थालेको छ। जसकोकारण शरीरमा मेलाटोनिन हर्मोनको उत्पादन घटेको थियो। यो हर्मोनले हाम्रो मेटाबोलिक सिस्टमलाई ठीक राख्छ।
वास्तवमा, जो मानिसहरु हर समय कृत्रिम बत्तीको सम्पर्कमा रहन्छन्, उनीहरुको शरीरको ग्लुकोजको स्तर केहि नखाई नै बढ्न थाल्छ। यसले हाम्रो शरीरमा बिटा सेलको गतिविधिलाई कम गर्छ। यस कोशिकाको सक्रियताको कारण, प्यान्क्रियाजबाट इन्सुलिन हर्मोन निस्कन्छ। डायुजु भन्छन् कि कृत्रिम प्रकाशको अत्यधिक एक्सपोजर संसारभरको आधुनिक समाजको समस्या हो र यो मधुमेहको अर्को प्रमुख कारण बनेको छ।
डायुजु भन्छन्, अमेरिका र युरोपका ९९५ मानिस प्रकाश प्रदूषित आकाशमुनि बस्छन्। प्रकाश प्रदूषणका कारण कीरा, चराचुरुङ्गी र धेरै जनावरको जीवनचक्र परिवर्तन भएको छ। यसबाट उनीहरुको अकालमै मृत्यु भईरहेको छ र यसका कारण विश्वभर जैविक विविधतामा धेरै नोक्सान भइरहेको छ।
(दैनिकभाष्करबाट)