क्षयरोग माईकोव्याक्टेरियम ट्युवरकोलोसिस भन्ने किटाणुबाट लाग्ने संक्रामक रोग हो। यसले विशेष रूपमा फोक्सोलाई असर गर्छ। साथै फोक्सो बाहेक अन्य अंगहरुमा पनि यो रोग लाग्दछ। क्षयरोग ८० प्रतिशत जति फोक्सोको क्षयरोग हुने भएकोले विरामीले श्वास फेर्दा हावामा किटाणु फैलिन्छ। जस्तैः खकारको छिटाहरु रसो किटाणुयुक्त हावाबाट सास लिँदा स्वस्थ मानिसमा यो किटाणु सर्दछ। मूलत: माईकोव्याक्टेरियम ट्युवरकोलोसिसबाट संक्रमित व्यक्तिहरु क्षयरोग विकास र विस्तारको कारक हुन्छन। क्षयरोग महिलामा भन्दा पुरुषमा बढी मात्रामा व्याप्त छ जसमा आर्थिक रुपमा क्रियाशील उमेर समूहकावयस्क मानिस पर्दछन्।
क्षयरोग लागेको छ भने, के हुन्छ?
- लगातार २ हप्ता वा बढी समय सम्म खोकी लाग्न सक्दछ।
- खानामा अरुचि हुन्छ, दुब्लाउदै जान्छ र कमजोर हुने।
-साँझ पख मन्द ज्वरो आँउछ।
-समयमा उपचार नगरेमा मृत्यु पनि हुन सक्छ।
क्षयरोगको शंका लागेमा के गर्ने?
दुई हप्ता वा बढी समयसम्म खोकी लागेका व्यक्तिले नजिकको स्वास्थ्य संस्थामा गएर खकार जाँच गरि रोग देखिएमा ६ महिनासम्म नियमित औषधि सेवन गरेमा यो रोग पुर्ण निको हुन्छ। क्षयरोगको उपचार तथानिदान सेवा सबै स्वास्थ्य संस्थामा निशुल्क पाईन्छ।
- क्षयरोग विरामीको सम्पर्कमा आएका व्यक्ति, बालबालिका रवृद्ध वृद्दाहरुले पनि यस रोगको जाँच गरि उपचार गर्नु पर्दछ।
- क्षयरोग लागेका व्यक्तीले खोक्दा हाँछ्यु गर्दा मुख छोप्ने गर्नुपर्दछ।
- भिडभाडमा निस्किदा मास्क लगाउनु पर्दछ।