काठमाडौं- विश्व स्वास्थ्य संघठन (डब्लुएचओ) ले मंकिपक्सको लागि नयाँ नाम सिफारिस गरेको छ। विशेषज्ञहरु संगको परामर्शपछि डब्लुएचओले नयाँ शब्द 'एमपक्स' लाई मंकिपक्सको पर्यायवाची को रूप मा प्रयोग गर्न सुरु गर्ने भएको हो।
मन्कीपक्स प्रकोपको विस्तार भएपछि केही समुदायहरूमा जातीय र कलंकित भाषाको रुपमा यसलाई लिईएको थियो। धेरै सार्वजनिक बैठकहरूमा धेरै व्यक्ति र देशहरूले यस नामको विषयमा चिन्ता व्यक्त गरेपछि डब्लुएचओलाई नाम परिवर्तन गर्ने प्रस्ताव गरिएको थियो।
नयाँ र असाधारण रूपमा अवस्थित रोगहरूको नामहरू तोक्ने काम डब्लुएचओ अन्तर्गतको आईसीडीले गर्छ।
डब्ल्यूएचओको आईसीडी अपडेट प्रक्रिया अनुसार नयाँ नामहरूको लागि सुझाव पेश गर्न आमन्त्रित गरिएका विज्ञहरूको दायरा, साथै देशहरू र जनताबाट विचारहरू सङ्कलन गर्न परामर्श गरिएको थियो।
यी परामर्शहरूको आधारमा र डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसससँग थप छलफलको आधारमा डब्ल्यूएचओले यो नाम सिफारिस गरेको हो।