काठमाडौं– ब्राजिलका महान फुटबलर पेले अस्पताल भर्ना भएका छन्। क्यान्सरसँग लडिरहेका पेले सुन्निने र मुटुको समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका हुन्।
पेले ब्राजिलकै साउ पाउलोस्थित एउटा अस्पतालमा भर्ना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
तीनपटक विश्वकप जित्ने एकमात्र फुटबलर रहेका पेले ८२ वर्षका भइसकेका छन्।