इन्फ्लुएन्जा (फ्लू) भनेको के हो?
इन्फ्लुएन्जालाई बोलीचालीको भाषामा फ्लू भनिन्छ। यो इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने संक्रामक रोग हो। जाडो महिनामा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धा समेत सबै उमेरका व्यक्तिहरुलाई फ्लू लाग्न सक्छ।
फ्लू कसरी सर्छ?
फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ। ती छिटा सासबाट फोक्सोमा पनि जान सक्छन् भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक हुँदा पनि फ्लू लाग्न सक्छ।
फ्लूका लक्षण के के हुन्?
-ज्वरो आउनु
-खोकी लाग्नु र घाँटी दुख्नु
-टाउको दुख्नु
-नाक बन्द हुनु वा सिंगान बग्नु
-जिउ र मांसपेशी दुख्नु
-थकान महसुस हुनु
(फ्लू भएका सबैलाई ज्वरो नआउन पनि सक्छ)
फ्लू रोकथाम कसरी गर्ने?
-बिरामी भएका व्यक्तिहरुसँग भौतिक दूरी राख्ने
-खोक्दावाहाच्छिउँगर्दाआफ्नो मुख र नाक छोप्ने
-बेलाबेलामासाबुनपानीलेहातधुने
-शारीरिक रूपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने
-सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने
-स्यानिटाइजरको प्रयोग गर्ने
-आफ्नो आँखा, नाक वा मुख नछुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार फ्लू भएका अधिकांश व्यक्तिहरूलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधिहरू आवश्यक पर्दैन। दीर्घ रोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लूले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले व्यस्ता व्यक्तिले स्वास्थ्यकर्मीको निगरानी वा सम्पर्कमा रहनुपर्छ।
(