काठमाडौं– बिहारको छपरामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ। अझै पनि कैयौं बिरामी अस्पतालमा उपचाररहत छन्। यस मामलामा बिहार विधानसभामा बुधबार सनसनी मच्चिएको छ।
भाजपा नेताले मृत्युका लागि मुख्यमन्त्री नितिशकुमारलाई जिम्मेवार भएको आरोप लगाएका छन्। उनले मृत्युको जिम्मा मुख्यमन्त्रीले लिनुपर्ने भन्दै सदनमा सरकारविरुद्ध नाराबाजी गर।
विपक्षीको हंगामाले आक्रोशित बनेका नितिशकुमारले आफ्नो विपक्षीमाथि अभद्र व्यवहार गरे। उनले भने, ‘के भयो? ए चुप लाग!’ मुख्यमन्त्रीको यो व्यवहारले भाजपाका सांसद आक्रोशित बने र माफी माग्नका लागि अनुरोध गरे।