काठमाडौं– कोरोनाको नयाँ लहरलाई लिएर भारतमा चिन्ता बढेको छ। केन्द्र सरकारले सावधानी बढाएको छ।
भारतका केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मान्डवियाले चीन, जापान, दक्षिण कोरिया, हङकङ र थाइल्याण्डबाट आउने यात्रीका लागि आरटी–पीसीआर अनिवार्य गरिएको बताए। यी देशका जो कोही यात्रुमा कोरोनाको लक्षण पाइए तत्काल क्वारेन्टाइनमा लैजान निर्देशनसमेत दिएका छन्।
भारतमा पछिल्लो २४ घण्टाको अवधिमा २०१ कोरोनाका नयाँ संक्रमित फेला परेका छन्। सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ९७ रहेको छ।
चीनमा देखिएको पछिल्लो सबभेरियन्टका बिरामी भारतमा पनि फेला परेपछि भारतीय सरकारले सावधानी बढाएको हो।