काठमाडौं- टर्कीमा भूकम्पमा परेका दुई जनाको १९८ घन्टापछि उद्धार भएको छ।
टिआरटी वर्ल्ड नाउका अनुसार काह्रामानमारास सहरमा मंगलबार उद्धारकर्ताले १७ वर्षीय एक किशोर र अर्का एक जनाको भग्नावशेषबाट उद्धार गरेका हुन्।
अजरवैजानका उद्धारकर्ताले उनीहरूलाई जीवितै बाहिर निकालेपछि खुसी मनाएको भिडिओ सामाजिक सञ्जालमा आएका छन्।
एजेन्सी