एजेन्सी- माघ २३ गते गएको ७.८ म्याग्नेच्युडको भूकम्पमा परी ४६ हजार मानिसले ज्यान गुमाएको टर्की र सिरियाको क्षेत्रमा सोमबार फेरि अर्को भूकम्प गएको छ।
स्थानीय समयअनुसार सोमबार राति ८ बजेर ४ मिनेटमा हतायमा केन्द्रविन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो। पछिल्लो भूकम्पमा परी कम्तीमा ३ जनाको मृत्यु भएको र २१३ जना घाइतेको टर्कीका अधिकारीहरूलाई उद्धृत गर्दै द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।