‘एच थ्री एन टू’ (H3N2) भाइरस त्यस्तो भाइरस हो जसको संक्रमण भएपछि ज्वरो, रुघा,खोकी,नाकबाट तरल पदार्थ बग्ने, थकान महसुस हुने,शरीर दुख्ने,पखाला लाग्ने,सास फेर्न गाह्रो हुनेर कतिपयलाई आँखामा संक्रमण हुने समेतको लक्षणहरू देखिने गर्दछ। यसको समयमै उपचार नभएमा मानिसको मृत्यु समेत हुने गरेको छ।
यो भाइरस नयाँ पत्ता लागेको भाइरस भने होइन। ५५ वर्ष पहिले चिन र हङकङका केही क्षेत्रहरूमा कोभिड- १९ ले जस्तै महामारी फैलाए फैलिएको र सो अवस्थामा लगभग १० लाख जना मानिसको मृत्यु भएको थियो। सो अवस्थामा उक्त भाइरस हङकङ फुलु बाट परिचित भयो र हाल भारतबाट नेपाल आउने मानिस, भारतको बाटो प्रयोग नेपाल आउने अन्य देशका मानिसमा र सिमा नाकामा बसोबास गर्ने मानिसहरूमा समेत उक्त लक्षणहक देखा परेको छ।
उक्त भाइरसले पुराना दम, निमोनियाका बिरामीलाई छिट्टै संक्रमण फैलिई ग्रसित गराउने गर्दछ। उक्त लक्षणहरू देखिएमा नजिकको अस्पतालमा गइ जाँच गराइ चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नु पर्दछ। भारतको स्वास्थ्यसम्बन्धी संस्था इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले उक्त लक्षण सहितको एच ३ एन २ इन्फूलेन्जा भाइरस प्रमाणित भएका बिरामीहरुलाई आवश्यक नपरेसम्म एन्टिबायोटिक्स औषधि नचलाउनु भनी विज्ञप्ति जारी गरी सूचित गराएको छ। उक्त अवस्थामा आवश्यक नहुदैं एन्टिबायोटिक्स चलाएमा नकारात्मक असर समेत पर्न सक्छ।
भारतमा रहेका अस्पतालामा उक्त लक्षणसहित भर्ना हुने बिरामीहरुको तथ्यांक हेर्दा ९२ प्रतिशत ज्वरो, ८६ प्रतिशत खोकी, २७ प्रतिशत सास फेर्न गाह्रो हुने,१० प्रतिशतलाई अक्सिजन आवश्यक पर्ने, ७ प्रतिशतलाई आईसीयु आवश्यक, ६ प्रतिशतलाई छातीमा घ्यारघ्यार हुने, १६ प्रतिशतलाई निमोनिया र ६ प्रतिशतलाई बेचैनिको समस्या पाईएको छ।
उक्त लक्षणका बिरामीहरु हेलचेक्र्याइँ नगरी मास्कको प्रयोग गर्ने, झोलिलो खानेकुरा खाने, चिकित्सकको सल्लाह लिई उपचार तथा जाँच गराएमा मानविय क्षतिबाट बच्न सकिन्छ।