हरेक दिन पर्याप्त पानी पिउनु स्वास्थ्यको लागि महत्त्वपूर्ण छ। पानी पिउनाले डिहाइड्रेसन हुँदैन। जसले गर्दा मुड परिवर्तन हुने समस्या र सोचाइको अस्पष्टतालाई कम गर्छ। साथै, पानी पिउँदा शरीरलाई उर्जा मिल्छ, कब्जियत र मिर्गौलामा पत्थरी हुने जस्ता स्वास्थ्य समस्या पनि हुन सक्छ। पानीमा कुनै क्यालोरी हुँदैन, त्यसैले यसले शरीरको तौल व्यवस्थापन गर्न र क्यालोरीको मात्रा घटाउन पनि मद्दत गर्न सक्छ। पानीले शरीरलाई सामान्य तापक्रममा राख्न मदत गर्छ, स्पाइनल कर्ड र अन्य संवेदनशील तन्तुहरूको रक्षा गर्छ।
कुन समयमा शरीरले पानी बढी खोज्छ?
- गर्मी महिनामा
- शारीरिक रुपमा सक्रिय भएको समयमा
- ज्वरो आउँदा
- पखाला र वान्ता भएको समयमा
- बिहान
- दिउसो
दैनिक कुल पानी सेवन (तरल पदार्थ) लाई खाना, सादा पिउने पानी, र अन्य पेय पदार्थहरूबाट खपत भएको पानीको मात्राको रूपमा बुझिन्छ। उमेर, लिंग, गर्भावस्था स्थिति र स्तनपान स्थिति अनुसार दैनिक पानी सेवन फरकफरक हुन्छन्।
धेरैजसो तरल पदार्थको आवश्यकता हामीले पिउने पानी र अन्य पेय पदार्थहरु मार्फत पूरा हुन्छ। हामीले खाने फलफूल र तरकारीहरू जस्ता उच्च पानी भएका खानाहरू मार्फत शरीरमा तरल पदार्थ प्राप्त गर्न सकिन्छ। पिउने पानी तरल पदार्थ प्राप्त गर्ने एक राम्रो तरिका हो किनकि यसमा शून्य क्यालोरी हुन्छ।
अझै धेरै पानी पिउन सुझाव
- साथमा पानीको बोतल बोक्ने र पानी खाइरहने।
- चिनियुक्त पेय पदार्थ कम खाने र पानीको मात्रा बढाउने।
- बाहिर खाना खाँदा खाना भन्दा बढी पानी खाने।
- पानीमा कागती मिसाउने, यसले पानीको स्वाद फरक पर्छ।
- आफ्ना बच्चाहरुले पर्याप्त पानी खाई रहेका छन् की छैनन् विचार गर्ने।
स्वस्थ पेय पदार्थको विकल्पहरु
पानी बाहेक पनि धेरै स्वस्थ पेय पदार्थहरु छन्। जस्तै जुस।
- कम वा क्यालोरी नभएको पेय पदार्थ
सादा कफी वा चिया, चम्किलो पानी, सेल्टजर र स्वादयुक्त पानी कम क्यालोरी विकल्पहरू हुन् जुन स्वस्थ समेत हुन्छन्।
- क्यालोरी र महत्त्वपूर्ण पोषक तत्व भएको पेय पदार्थ
कम बोसो वा फ्याट रहित दूध, फलफूल वा तरकारीको जुसमा क्याल्सियम, पोटासियम वा भिटामिन डी जस्ता महत्त्वपूर्ण पोषक तत्वहरू हुन्छन्। जुन स्वास्थ्यको लागि महत्वपूर्ण हुन्छ।
(सिडिसी)