१. एकैपटक व्यायाम नगर्ने- एकैपटकमा धेरै प्रकारका कसरत गर्नुपर्छ भन्ने हुँदैन। बिहान,दिउँसो र साँझ १०/१० मिनेट गरेर प्रत्येक दिन ३० मिनेट कसरत गर्ने हो भने शरीरलाई फाईदा पुग्छ।
२.साथीसँग व्यायाम गर्ने - साथीसंग कसरत गर्दा तपाईंलाई ट्र्याकमा रहन र नियमित कसरत गर्न मद्दत हुन सक्छ।
३. छिटो हिड्ने- यदी तपाईं हिड्दै हुनुहुन्छ भने छिटो हिड्ने बानि बसाल्नुहोस्। यसले तपाईंको तौल नियन्त्रण गर्न सहयोग गर्छ।
४. खाना खान भन्दा अघि हिड्नुहोस्- खाना खानुअघि कम्तिमा २० मिनेटको पैदल हिड्नाले तपाईंलाई उर्जावान् राख्न मदत गर्छ।
५. स्टेप काउन्टरहरु सेट गर्नुहोस्- हिड्दा या कसरत गर्दा आफ्नो गोल सेट गर्ने हो भने त्यसले आफैंलाई उत्प्रेरणा मिल्न सक्छ।
६. स्क्रिन टाईम घटाउनुहोस्- घरमा बस्दा फोन चलाउने, टिभी हेर्ने जस्ता बानीहरु कम गर्ने, वरपर हिड्ने, चौरमा पल्टिने लगायतका कुराहरु गर्नाले नयाँ उर्जा मिल्न सक्छ।
७. फुर्सदको समयलाई उपयोग गर्नुहोस्- टिभी हेर्दा साधारण अभ्यास गर्ने प्रयास गर्न सकिन्छ। वा काममा रिमाइन्डर सेट गरेर बीच बिचमा उठेर केही मिनेट हिँड्नुहोस्।
८. योगा या फिटनेसको क्लास सुरु गर्नुहोस्- समय अनुकुल भएसम्म योग या जिमको कक्षा सुरु गर्न सकिन्छ। होईन भने इन्टरनेट हेरेर योग या ध्यान गर्ने अभ्यास घरमै पानी गर्न सकिन्छ।
९. कसरत गर्ने समय छुट्याउने- जतिसुकै व्यस्तता भए तापनि हरेक दिन केहि समय कसरतको लागि छुट्याउन सकिन्छ।
१०. आफैलाई पुरस्कार दिनुहोस्- छोटो अवधिको केहि लक्ष्यहरू सेट गर्नुहोस् र तिनीहरूलाई पुरा गर्नुहोस्। जसको लागि आफैलाई पुरस्कार दिनुहोस्। आफैले आफैंलाई सेलिब्रेट गर्नाले तपाईंलाई नियमित उक्त कुरा गरिरहने बानि बस्छ।