मैले एउटा अनौंठो टेलिभिजन सोमा भाग लिएँ। ‘डक्टर इन योर हाउस’ नामक सो कार्यक्रम अन्तर्गत म बिरामीको घरमा नै पुगे। कार्यक्रममा सहभागी हुँदा एउटा तथ्य प्रमाणित भयो। बिरामीले जनरल फिजिसियनलाई सधै सत्य तथ्य बताउँदैनन्। हामीले जति मदिरा पिए पनि चिकित्सकको अगाडि कहिलेकाँही पार्टीमा पिउने गरेको भन्छौं। त्यस्तै नियमित चुरोट सेवन गर्नेले पनि साताको एक पटक भन्ने तयारी जवाफ आउँछ। त्यस्तै डाइट खाने सवालमा पनि हामीले आफूलाई धोका दिएका हुन्छौं। अनि दावी गर्छौं – चराले जस्तै खाँदा पनि तौल बढ्यो।
म आफ्नो काम र सम्बन्धमा खुसी छु
कचकचे हाकिम, कामको चाप लगायतले हाम्रो स्वास्थ्यमा हानी गरिरहेको हुन्छ। तापनी मानिसहरुले यसको प्रभावलाई अवमुल्यांकन गरेका छन्। तसर्थ आफूलाई आनन्द लाग्ने काम छैन भने यसलाई ‘सुन्दर’ भनेर बढाइचढाइ नगर्नुहोस्। तपाईंंलाई चैन छैन वा रमाइलो लाग्दैन भने त्यो काम राम्रो होइन। त्यस्तै असफल बिवाह वा व्यक्तिगत जीवनका कारण पनि तपाईंंले तनाव भोगेको हुनुपर्छ। तपाईंंको जागिर वा पार्टनरले तपाईंंलाई खुसी दिएको छैन भने छैन भन्न सक्नु कमजोरी होइन। यदि तपाईंंले चिकित्सकलाई सत्य भन्नुभयो भने तनाव व्यवस्थापन गर्ने विभिन्न प्रकारका सहयोग प्रदान हुन सक्छ। सबै कुरा प्रष्ट भन्दा धेरै परीक्षण पनि गर्नुपर्दैन।
थौरै खाँदा पनि तौल बढ्यो
बिरामीको यो वाक्यांश मेरो साथी र मैले बारम्बार सुन्ने गरेका छौैं। मलाई लाग्दैन की बिरामीले नियतवश ढाँट्दैन। हामीले खाने क्यालोरिको वास्तविक परिणामबारे हामीले आफैलाई ढाँटेका हुन्छौ। जस्तै जिमखानाको सदस्य हुदैमा जिमखाना गएका हुन्छौं भन्ने हुन्न। एउटा तितो सत्य के हो भने उपचारका बहानामा हामीले घेरै झुट बोलेका हुन्छौं। तर झुटले हामीलाई गलत उपचार प्रणालीतर्फ धकेल्न सक्छ। उदाहरणको लागि यदि तपाईंंको उच्च रक्तचाप छ भने सुरुमा चिकित्सकले तपाईंलाई जीवनशैली परिवर्तन गर्न सुझाव दिन सक्छ। तर तपाईंंले चिकित्सकलाई ढाँट्नु भयो भने चिकित्सकले यस चरणलाई बाइपास गर्न सक्छ र प्रारम्भिक चरणमा नै औषधि दिन सक्छ।
म साताको एक पटकमात्र पिउछु/चुरोट खान्छु
बिरामीको आदत देख्दा लाग्छ धुमपान र मदिरा सेवनबारे चिकित्सकलाई ढाट्ने कुरा कानूनमा नै लेखिएको छ। हामीले सुरुमा नै बिरामीको जीवनशैलीलाई मुल्यांकन गछौं। कतिपय बिरामीले आफूले कहिलेकाँही चुरोट पिउने बताउछन् भने केहीले साताको एक पटक पिउने गरेको बताउँछन्। तर विष धेरै खानु पर्दैन। मदिरा सबेन र धुमपान रोगका लागि खतरनाक तत्व हुन्।
मैले औषधि खाइरहेकी छु
प्राय बिरामीहरुले आफूले खाएको औषधिको बारेमा ढाँट्ने गर्छन्। अमेरिकाको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार आफुले खाने औषधिको मात्रा ढाट्दा बर्षीनी ३० करोड डलर बराबरको रकम थप खर्च हुने गरेको छ। फार्मेसीमा फिर्ता भएको औषधिमध्ये आधा औषधि खोलिएको हुदैन। यदि तपाईंले औषधि लिनुभएको छैन भने इमान्दारीपूर्वक चिकित्सकलाई भन्नुहोस्।
अनुदित सामग्री