नेपालमा जनस्वास्थ्य क्षेत्र कहिले कुन महामारीले त कहिले कुन प्रकोपले असर परिरहेको छ। हालै बाँके जिल्लाको नेपालगन्जबाट सुरु भएर अन्य धेरै जिल्लाहरुमा फैलिएको दादुराको महामारी हराउन नपाउँदै फेरि स्याङ्जा जिल्लाका धेरै स्थानीय तहहरुमा ठेउला प्रकोपको रुपमा देखापरेको छ।
स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नम्बर-१२ शिर्सेकोटको एक आधारभूत विद्यालयमा पढ्ने करिब ३० जना बालबालिकाहरुमा ज्वरो सहितको खटिरा (Fever with rash) आउने लक्षण देखिएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना परीक्षण गर्दा ठेउला नै हो भन्ने अवस्था जानकारी भएसंगै अहिले जिल्लाका थप अरु स्थानीय तहहरुमा पनि यस्ता लक्षण तथा चिन्हहरु भएका बिरामीहरु देखापर्दै गैरहेका छन्। हाल सम्मको प्राप्त तथ्यांक अनुसार कालीगण्डकी गाउँपालिका, चापाकोट नगरपालिका साथै सदरमुकाम स्थित पुतलीबजार नगरपालिकामा पनि यस्ता बिरामीहरु देखापरेको अवस्था छ।
ठेउला अर्थात् अंग्रेजीमा Chicken Pox भनिने भेरिसेला जोष्टर नामको भाइरसबाट हुने एक प्रकारको स्वास प्रस्वास सम्बन्धी सरुवा रोग हो। यो रोग अत्यधिक छिटो धेरै जनामा सर्ने संक्रामक रोगको रुपमा मानिन्छ। सामान्यतया यो रोग दश बर्ष भन्दा मुनिका बालबालिकाहरुमा बढी देखिन्छ। अन्य उमेर समूहका व्यक्तिहरुमा पनि देखा पर्दछ तर बृद्द बृद्दा लगायत गर्भवती महिला , नवजातशिशु र रोगसंग लड्ने क्षमता कमजोर भएका व्यक्तिहरुमा लाग्यो भने धेरै जटिलता पनि हुन सक्ने तथ्यांकले देखाएको छ।
ठेउला भएको बिरामीमा ज्वरो आउने, शरीरमा स-साना राता राता दानाहरु पछि पानीको फोका बन्ने गर्छन्, यसैगरी, शरीर चिलाउने, दुख्ने तथा आलस्य हुने लगायतका लक्षण तथा चिन्हहरु देखा पर्दछन्। साथै दानाहरु सुरुमा छाती, ढाड र अनुहारमा देखा पर्दछन् र विस्तारै सम्पूर्ण शरीरभरि फैलिन्छन्।
यो रोग बिरामीले स्वास फेर्दा , हाच्छायौं गर्दा निस्केका छिटाहरुसँगको सम्पर्कमा आउँदा सर्छ। ठेउला बिरुद्दको खोप नलगाएको व्यक्तिलाई यो रोग लाग्ने जोखिम बढी हुन्छ। यो रोगको सराइ अवधि करिब १५ दिन हुने मानिन्छ।
यो रोग संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कबाट एक व्यक्ति बाट अर्को व्यक्तिमा खोक्दा, हाच्छिँयु गर्दा सजिलै सर्ने भएकोले छुट्टै बस्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने बिशेषत: साबुन पानीले हात धुने , दिन दिने नुहाउने गर्नु पर्दछ। मास्क को प्रयोग गर्ने ,
यो रोग संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कबाट एक व्यक्ति बाट अर्को व्यक्तिमा खोक्दा, हाच्छ्यौ गर्दा सजिलै सर्ने भएकोले लक्षण देखिएको एक हप्ता सम्म छुट्टै बस्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने बिशेषत: साबुन पानीले हात धुने, हरेक दिन नुहाउने गर्नु पर्दछ। साथै मास्कको प्रयोग गरियो भने पनि जोखिम न्यून हुन सक्छ।बिद्यालय जस्ता संस्थाहरुमा एकै पटक धेरै जनामा यो रोग देखा परेमा त्यस्ता संस्थाहरु कम्तिमा एक हप्ताको लागि बन्द समेत गर्नु पर्दछ।
यस्ता खालका लक्षण तथा चिन्हहरु देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्दछ। हाल सम्म पनि यस रोगको खास उपचार पत्ता नलगाएकोले लक्षण अनुसारको उपचार जस्तै : ज्वरो आउदा पारासिटामोल खाने , शरीर चिलाउदा चिलाइ कम गर्न औषधिको प्रयोग गर्नु पर्दछ। बिरामीले पानी तथा झोलिला पदार्थहरु प्रसस्त मात्रामा पिउनुका साथै घरमै बनाइएका पोषिलो खाने कुराहरु खानु / खुवानु पर्दछ।
अन्तयमा यो रोग बिरुद्धको खोप हाम्रो देशमा सर्वसुलभ तरिकाले उपलब्ध नभएकोले यसको नियन्त्रण, रोकथाम तथा व्यवस्थापनको लागि मुख्यत: जति सक्दो छिटो बिरामी पहिचान गर्ने, छुट्टै राख्ने र लक्षण बमोजिमको उपचार गनु नै हो, जुन सम्पूर्ण सरोकारवाला निकायहरु बीच समन्वय र सहकार्यबाट मात्रै सम्भव हुन्छ।
-(वरिष्ठ जनस्वास्थ्य अधिकृत शर्मा स्वास्थ्य कार्यालय स्याङ्जामा कार्यरत छिन्)