काठमाडौं- भारतीय राज्य सिक्किमका महिला कर्मचारीले १ वर्ष प्रसूति बिदा पाउने भएका छन्।
मुख्यमन्त्री प्रेमसिंह तामाङले बुधबार सरकारले महिला कर्मचारीलाई १ वर्ष प्रसूति बिदा घोषणा गरेका हुन्।
सिक्किमको स्टेट सिभिल सर्भिस अफिसर्स एसोसिएसनको वार्षिक बैठकमा सम्बोधन गर्दै मख्यमन्त्री तामाङले यस्तो घोषणा गरेका हुन्। श्रीमती सुत्केरी भएका पुरूष कर्मचारीले पनि एक महिना बिदा पाउने छन्।
समाचार एजेन्सी पिटिआईका अनुसार नयाँ बिदा लागु गर्न सेवा कानुनमा संशोधन गरिनेछ।