काठमाडौं- वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तक शुक्रबार लोकार्पण भएको गरिएको छ। पुस्तक लेखककी आमा राजकुमारी देवी सिंहले लोकर्पण गरिन्। कार्यक्रम वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रममा आईओएमका पूर्वडिन प्राडा जगदीश प्रसाद अग्रवालले लेखकको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पारे। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइराला, पूर्वराजदूत प्राडा विश्वम्भर प्याकुरेललगायतले समेत भिडियोमार्फत् शुभाकामना सन्देश दिएका थिए।डा रवीन्द्र समिरले पुस्तकमाथि समिक्षा गरेका थिए।
जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक प्रस्तुत गरिएको छ। पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्ड तथा २४० पृष्ठ रहेका छन् भने
पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असाहय वृद्धवृद्धाका निम्ति डा ओम फाउन्डेसनमार्फत् खर्च गरिनेछ।
दराज, ई–सेवा, हाम्रो पात्रो अनलाइनलगायतका प्लेटफर्म, डा ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजबाट पुस्तक अर्डर गर्न सकिने छ।
साथै समिक्षा पब्लिकेसनद्वारा देशभरका पुस्तक पसलमा बिक्री वितरण गरिनेछ भनेभाटभटेनी सुपरमार्केटका देशभरका आउटलेटमा समेत पुस्तक उपलब्ध छ।
पुस्तकको मुल्य ६०० रहेको छ भने विशेष प्रकाशन (हार्ड कभरसहित लेखकको हस्ताक्षर तथा गिफ्ट ब्यागसहित) को मुल्य एक हजार तोकिएको छ।