काठमाडौं- काठमाडौं मेडिकल कलेजको नेफ्रोलोजी विभागमा इन्टर्नका रुपमा कार्यरत एक चिकित्सकमाथि आइतबार दिउँसो साढे १२ बजेतिर कार्यकक्षमा नै कुटपिट भएको छ।
चिकित्सकमाथि कुटपिट भएपछि अहिले केएमसीमा कार्यरत स्वाथ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्।
प्रहरीका अनुसार कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौं चावहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी घर भई सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम छन्।
घटनाबारे यसो भन्छन्- 'प्रत्यक्षदर्शी डा संजीव यादव'
ओपिडीमा परीक्षणका लागि बिरामी आएका थिए। ड्युटीमा हाम्रो साथी मनिष खड्का हुनुहुन्थ्र्याे। उहाँले परीक्षणका लागि भिडभाड नगरी पालैपालो आउनु भन्दै बिरामी जाँच गरिराख्नु भएको थियो।
बिरामीको नाम बोलाउने क्रममा उहाँ बाहिर आउँदा एक्कासी उपचारका लागि आएका बिरामीको ३ जनाको समूहले उहाँमाथि हेलमेटले आक्रमण गर्नुभयो। डा खड्काको टाउको र हातमा गम्भीर चोट लागेको छ। प्रहरीले समेत पीडित पक्षलाई नै असहयोग गरेजसरी उनीहरुलाई पक्रन आनाकानी गरिरहेको थियो।
![No description available.](https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/384493837_402040725649606_4467000645319836895_n.jpg?stp=dst-jpg_s2048x2048&_nc_cat=101&ccb=1-7&_nc_sid=ae9488&_nc_eui2=AeHY34O-TruV6Ebt9RW8fJWi5evrNidY-Xfl6-s2J1j5dzPT3HNXfXoZh45BQ5hDddqx6LXvYoQrhOkQKVj4rm-T&_nc_ohc=dP9NbpQbe2IAX91mdAW&_nc_oc=AQm2eiI6RiZrdPGs5I0MGAvvpBzJmr9Z7i3FJH7_KNTBzLej_TX3KrysZGxzZJKM6s8&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AdSHd1UktIINGAgbnwBFKkAm_u0dVyRiojTdcupkrDig7A&oe=6540CED4)
![31696160443.jpg](https://swasthyakhabar.com/uploads/posts/31696160443.jpg)
![41696160443.jpg](https://swasthyakhabar.com/uploads/posts/41696160443.jpg)
![11696160440.jpg](https://swasthyakhabar.com/uploads/posts/11696160440.jpg)
![21696160440.jpg](https://swasthyakhabar.com/uploads/posts/21696160440.jpg)