हृदयघातबारे कुराकानी गर्नका लागि थोरै मात्रै मानिस इच्छुक हुन्छन्। किनभने धेरै मानिसको सोचाइ हुन्छ कि मलाई हृदयघात नै हुँदैन। प्रत्येक व्यक्तिहरुले हृदयघातका बारेमा जान्नु आवश्यक छ भन्ने मलाई लाग्छ। यसका लक्षणहरु र प्रारम्भिक उपचारका बारेमा ज्ञान सबैलाई हुन आवश्यक छ। तपाईमा रहेको ज्ञानले तपाईको घर परिवार इष्टमित्र तथा कतिपय नजिकका व्यक्तिहरुलाई जोगाउन सकिन्छ। म यहाँ हृदयघातको बारेमा आधारभूत जानकारीहरु उल्लेख गर्न चाहन्छु।
जसरी मुटु खुम्चिँदा मुटुको रक्तनलीहरु भएर रगत जाने गर्छ, त्यसरी नै मुटुको मांशपेशीलाई पनि पोषण तत्व तथा अक्सिजनको आवश्यक पर्न जान्छ। मुटको मांशपेशीलाई रक्तसञ्चार गर्ने आर्टरीलाई कोरोनरी आर्टरी भनिन्छ। कोरोनरी आर्टरीमा केही कारणले ब्ल्केज भएको अवस्थामा रक्त प्रवाह हुन सक्दैंन। जति लामो समयसम्म रक्तप्रवाह हुँदैंन, त्यति नै माशंपेशी मर्ने सम्भावना बढ्दैं जाने गर्छ।
हृदयघातका पूर्वसंकेतहरु
-यसरी माशंपेशी मर्ने क्रममा बिरामीमा केही लक्षणहरु देखा पर्ने गर्छ।
-यस्तो अवस्थामा सर्वप्रथम बिरामीहरुलाई छाती दुख्ने समस्या देखा पर्छ।
-छातीको बीच भागमा दुख्नु, पोल्नु तथा दबाब सृजना भएको जस्तो लाग्छ।
-कहिलेकाहीँ पेटको माथिल्लो भागमा, घाँटीमा,कहिलेकाही देब्रेतर्फको हातमा तथा दुर्लभ अवस्थामा दाहिने हाततिर पनि दुख्ने गर्छ।
-पसिना आउने।
-वाकवाकी लाग्ने।
-डर लाग्ने।
-यस्ता लक्षणहरु देखिएको अवस्थामा हृदयघात हुन लागेको पूर्व संकेत पाउन सकिन्छ।
हृदयघातका कारणहरु
-कोलेस्ट्रोरेल
-मधुमेह
-उच्च रक्तचाप, धुम्रपान
-मोटोपना,
-शारीरिक निष्क्रियता
-अस्वस्थ आहार
-वंशाणुगत कारण
-अत्याधिक तनाव
-एन्जाइटी
-प्रदुषण
यस्ता जोखिम भएका व्यक्तिहरु तुरुन्तै उपचारको प्रक्रियाको जानु आवश्यक छ। यस्ता व्यक्तिहरुले ३ सय मिलिग्रामको इस्प्रिंक औषधि घरमा नै लिन सकिन्छ। प्राय चिकित्सकहरुले ईसीजी गर्नु अगावै लक्षणका आधारमा नै औषधि दिने हो। यदि कसैलाई हृदयघात भएको शंका लागेमा यो औषधि घरमा नै लिनुपर्ने हुन्छ। उक्त औषधि दिनासाथ बिरामीलाई अस्पताल लैजानुपर्ने हुन्छ, अस्पताल लगेबितिकै इसिजी गर्नुपर्ने हुन्छ।
प्राय ईसीजीमा हृद्यघात भए नभएको थाहा हुन्छ। हृदयघातका कारण बन्द भएको रक्तनलीलाई खोल्नु नै हृद्यघातको प्रमुख उपचार हो। ईसीजी दुई प्रकारले गर्न सकिन्छ, एउटा इन्जेक्सन दिएर मुटुको रक्तनलीमा क्ल्ट बनेर बसेको रगतलाई डिजल्ब गर्ने काम गरिन्छ।
अर्काे उपचार एन्जियोप्लास्टिक विधिद्वारा गरिन्छ। जुन विधिमा ब्लक भएको स्थानसम्म पुगेर तारको माध्यमबाट उक्त ब्लक भएको रक्तनलीलाई खोल्ने काम गरिन्छ। हृदयघात भएको एक घन्टाभित्र एन्जियोप्लास्टिक गर्न सकेको अवस्थामा बिरामीको मांशपेशीलाई जोगाउन सकिन्छ। हृद्यघातको लक्षण देखिएको १२ घन्टाभित्र एन्जियोप्लास्टिक गरिसक्नुपर्ने हुन्छ। १२ घन्टा बितिसकेपछि गरिएको एन्जियोप्लास्टिक उपलब्धीमुलक नहुन पनि सक्छ।
हृदयघात हुन नदिन के गर्ने ?
-बिरामीको जोखिमको अवस्था पत्ता लगाएर रगत पातलो गर्ने औषधि सेवन गर्ने।
-सुगर, प्रेसर लगायतका जोखिम तत्वहरुलाई नियन्त्रण गर्ने।
-खानपान र शारीरिक अभ्यासमा विशेष ध्यान दिने।
-रिस , तनाव लगायतका कुराहरुहरुलाई नियन्त्रणमा राख्ने।
(डा ओममूर्ति अनिल वरिष्ठ मुटु रोग विशेषज्ञ हुन्।)