फाप्लु- सोलुखुम्बु जिल्ला अस्पतालका चिकित्सकमाथि पनि गालीगलोज र दुर्व्यवहार भएको छ। पछिल्लो केही दिनयता देशका विभिन्न अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढ्दै गइरहेका छन्।
सोमबार दिउसो साढे ४ बजे सोलुखुम्बु अस्पतालमा आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रशान्त शाहले जानकारी दिए।
घटनापछि डा शाहले प्रेस विज्ञप्ति निकाल्दै दोषीमाथि कारबाहीको माग गरेका छन्। विज्ञप्ति अनुसार दोषीलाई कारबाही नगरेसम्म अस्पतालमा आकस्मिक बाहेकका सेवा समेत बन्द हुने भएका छन्।
'एक जना व्यक्ति मादक पदार्थ सेवन गरी सवारी दुर्घटनामा परी अस्पतालको आकस्मिक कक्षमा आएर ड्यूटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अपशब्द प्रयोऊ गर्दै गालीगलौज र खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरी यस अस्पतालमा तोडफोड प्रयास गरेको,' अस्पतालका निमित्त निर्देशक डा शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
हेरौं विज्ञप्ति
