- क्लोरीन कोल वा ट्याबलेट हालेर वा उमालेर पानीलाई शुद्धिकरण गरेको पानी मात्र पिऔं।
-शुद्धिकरण गरेको पानी सधैँ सफा भाँडामा छोपेर राखौं। पानी निकाल्ने भाँडा सधैँ सफा राखौं।
-सडेगलेका, बासी र झिंगा भन्केका खाने कुराहरु नखाऔं।
-काँक्रो, गाँजर, फलफूल जस्ता काँचै खान मिल्ने खानेकुरा सधैँ सफा पानीले धोएर खाने गरौं।
-खाना पकाउनुअघि, खाना खानुअघि, बच्चालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसापिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि र बच्चाको दिसा धोएपछि सधैं साबुनपानीले मिचिमिचि हात धोऔं। जथाभावी दिसा पिसाब नगरौं र नगराऔं।
- चर्पीमा मात्र दिसा पिसाब गर्ने गरौं र बच्चाको दिसालाई पनि चर्पीमा नै बिसर्जन गरौं।
फोहरलाई सधैं निश्चित ठाउँमा सहि तरीकाले व्यवस्थापन गरौं।
-खोक्दा, हाच्छ्यूँ गर्दा सफा कपडाले नाक मुख छोप्ने गरौं।
- झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघा खोकी तथा टाईफाइडका लक्षण देखिएमा नजिकको
स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय