काठमाडौं- भारतको गुरुग्राममा पोर्टेबल अस्पताल निर्माण गरिएको छ।
आरोग्यमैत्री घन नाम दिइएको यो अस्पताल शनिबार गुरुग्राममा सुरू गरिएको हो। स्वदेशी डिजाइनमा निर्माण गरिएको यो अस्पतालबाट घाइतेको उपचारको लागि घटनास्थलमा पुर्याएर एक घण्टाभित्र जडान गरी तुरुन्त उपचार सेवा सुरु गर्न सकिन्छ।
प्याकर्स प्रोडक्ट्सका प्रबन्ध निर्देशक अमित चौधरीले दिएको जानकारी अनुसार ‘आकस्मिक स्थलमा पुगेको एक घण्टाभित्रै जोडजाड (एसेम्बल) गरी स्थापना गर्न सकिने यो अस्पताल मौलिकतामा आधारित भएर डिजाइन गरिएको बताए।
युद्धग्रस्त क्षेत्रमा तत्काल पुगेर गोली लागेको घाउको समेत चिरफार उपचार गर्न सकिन्छ। अत्यावश्यक स्थानमा पुर्याउर कुनै पनि समयमा दुई सय जनासम्म बिरामीको उपचार गर्न सकिने यो अस्पताल दुर्गम स्थनानका निम्ति बरदान नै साबित हुन सक्छ।
भीष्म (सहयोग हित र मैत्रीका लागि भारत स्वास्थ्य पहल) फोर्सका प्रमुख एयर वाइस मार्शल तन्मोय रोयले यस्तो सेवा विस्तारबाट कुनै पनि विपत्तिका बेला १५ मिनेटभित्र सर्जिकल स्टेशन स्थापना सहित सेवा प्रवाह गर्न सकिने दाबी गरेका छन्। एजेन्सी