काठमाडौं- भारतीय अभिनेत्री आलिया भट्टलाई सेपरेशन एन्जाइटीको समस्या देखिएको छ। उनी आफैंले छोरीसँग टाढिएको समयमा एक प्रकारको छटपटी हुने तथा मन उदास हुने समस्या देखिएको बताएकी हुन्।
उनले सामाजिक सञ्जालमा जवाफ दिँदै भनेकी छिन्, 'छोरी राहालाई छाडेर कहीँ जान मलाई सहज हुँदैन । यसबाट बाहिर निस्किन मलाई केही समय लाग्ने देखिन्छ।' परिवारका साथ हुने थाहा भएर पनि आफूमा एक प्रकारको डर रहने उनी बताउँछिन्।
कुनै पनि प्रिय व्यक्तिबाट टाढिदा सेपरेशन एन्जाइटी हुन सक्छ । कहिले आमाबुवा तथा कहिले छोराछोरी यसका शिकार हुने गरेका छन्।
सेपरेशन एन्जाइटी के हो ?
मेडिकल न्यूज टुडेको एक रिपोर्टमा सेपरेशन एंग्जाइटीबाट उल्लेख गरिएको छ। कहिले, को र कस्तो व्यवहार गर्छ भन्ने कुरा हर्मोनमा निर्भर रहने बताइएको छ।
भनिएको छ, 'बेफिक्री-बिन्दास रहने युवती आमा बनेपछि फरक किसिमको जिम्मेवारी महशुस गर्छन् र आफ्नो बच्चाप्रति धेरै नै लगाव हुन्छ। जुन हर्मोनका कारण हुन्छ।'
कतिपय समयमा हर्मोनमा असन्तुलन आउँछ । हर्मोन बढी वा कम हुँदा आमाबुवा र बच्चामा एकखालको डिसरअर्डर सिर्जन हुन्छ। यसरी सेपरेशन एन्जाइटी हुँदा आमाबुवा वा बच्चा एकअर्कासँऊ टाढिन सक्दैनन् । टाढिएको अवस्थामा अनौठो प्रकारका हर्कत गर्न सक्छन्।
बच्चालाई के असर हुन्छ ?
१ बच्चाको सामाजिकीकरण रोकिन्छ ।
२ बाहिरका व्यक्तिहरुसँग घुलमिल हुन समस्या हुन्छ।
३ बच्चाहरु लजालु र डरपोक हुन्छन्
४ नयाँ कुरा सिक्न समस्या हुन्छ ।
५ ठूलो भएपछि एक्लोपनको शिकार हुन सक्छन्।