काठमाडौं- भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ने मंगलवार कोभिड १९ को नयाँ भेरिएन्छ जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) भेटिएको बताएको हो।
भारतको केरलकी एक ७९ वर्षीया महिलामा उक्त भाइरसको संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। समाचार एजेन्सी रोएटर्सका अनुसार कोभिड १९ का अन्य स्ट्रेनका तुलनामा यसले मानव शरीरको रोगप्रतिरोधी क्षमतालाई सजिलै जित्न सकेछ। तर, यसबाट स्वास्थ्यमा गम्भीर खतरा भने धेरै नरहेको बताइएको छ।
जोन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका एक भाइरोलोजिस्ट एन्ड्र्यु पेकोजले अन्यका माममला धेरै फैलिए पनि स्वास्थ्यमा गम्भीर खतरा कम रहेको बताएका हुन्।
डिजिज केन्ट्रोल एन्ड प्रिभन्सन सेन्टर अमेरिकाका अनुसार यो अमेरिका सबभेरिएन्ट बीए २.८६ को वंशज हो। जसलाई पिरोला भनिन्छ। जेएन १ र बीए.२.८६ मा एकमात्रै फरक छ। त्यो हो स्पाइक प्रोटिनमा बदलाव। यो भाइरस सतहमा सानो स्पाइक्स जस्तो देखिन्छ। यही कारणले यसको संक्रमण तीव्र गतिमा हुन्छ।