काठमाडौं- मकर संक्रान्तिमा तरुल, तिलको लड्डु, सखरखण्ड र चाकु खाने प्रचलन छ। चिसो मौसममा यी खानेकुराहरुले शरीरलाई शक्ति प्रदान गर्छन्।
तरुल र सखरखण्डमा पाइने फाइबर, भिटामिन र मिनरल्सले शरीरलाई फाइदा गर्छ। साथै यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत मद्दत गर्ने उनले बताइन्। तर यी खानेकुराहरु शरीरको आवश्यकता र मात्रा मिलाएर मात्र खानुपर्ने हुन्छ।
मकर संक्रान्तिमा तरुल, चाकु खानुको फाइदाहरु के के छन्?
– मकर संक्रान्तिमा तरुल, घ्यु, चाकु, तिलको लड्डुको खानु स्वास्थ्यका निम्ति फाइदाजनक छ।
– चिसोमा यी खानेकुराहरु खाँदा शरीरलाई शक्ति प्रदान गर्नुका साथै तातो बनाउँछ।
– शरीरलाई आवश्यक पर्ने फाइबर, विभिन्न भिटामिनहरु यसबाट प्राप्त गर्न सकिन्छ।
यी खानेहरुको मात्रा कसरी निर्धारण गर्ने ? कति खान आवश्यक छ?
– चाडपर्व भन्ने बित्तिकै अनियन्त्रित मात्रामा खानु हुँदैन।
– अत्याधिक मात्रामा खाने कुनै पनि खानेकुराले शरीरलाई राम्रो गर्दैन।
– शरीरको आवश्यकता अनुसार मात्रा मिलाएर खानुपर्दछ।
– दीर्घकालीन रुपमा यसले त्यस्तो असर नगरेपनि तत्काल भने अपच हुने, पेट दुख्ने, वान्ता हुने जस्ता समस्या देखापर्दछ।
तरुल, तिलको लड्डु र चाकु एकै पटक धेरै बनाएर भण्डारण गरेर राख्नु कतिको ठिक हो ?
– तिलको लड्डु बनाएर महिना दिनसम्म राख्दा बिग्रिदैन।
– चाकु, तिलको लड्डु भण्डारण गरेर पनि खान मिल्छ।
– तर तरुल, सखरखण्ड धेरै दिनसम्म राख्न मिल्दैन।
– उसिनेर पकाइने हुँदा तरुल, सखरखण्ड एक या दुई दिनभन्दा बढी राख्न मिल्दैन।
तिलको लड्डु, चाकु, तरुल सबैले खान मिल्छ ?
– यी खानेकुराहरु स्वास्थ्यका हिसाबले वैज्ञानिक तरिकाले मिलाइएको छ।
– तिलको लड्डु सबैले खान मिल्छ। तिलमा स्वस्थकर चिल्लो पदार्थ हुन्छ।
– सख्खरको गुलियो राम्रो भएपनि सबैले खान मिल्दैन।
– मधुमेह, मिर्गौलाका रोगीहरुले सख्खर खानु हुँदैन।
– मुधमेहका बिरामीले चिनीमा जस्तै सख्खरको गुलियोमा पनि नियन्त्रण गर्नुपर्छ।
– स्वस्थकर व्यक्तिले भने चिनीको सट्टा सख्खर खानु राम्रो हुन्छ।
(२०७८ माघ १ गते प्रकाशित सामाग्री पुन: प्रकाशित)