आज नेपाल नर्सिङ दिवस। अग्रपङतिमा रहेर रात दिन नभनी रोगी तथा बिरामीहरुको सेवा र परामर्शमा जस्तो परिस्तिमा पनि मन्द मुस्कान सहित खटिने नर्स पेशाकर्मीहरुको लागि विशेष दिन हो। नेपालको नर्सिङ इतिहास बिस २०१३ बाट सुरु भएको मानिन्छ। त्यति बेला राणाकालिन समयमा नेपाली गृहणीहरु नेपाली चेलीहरुले औपचारिक रुपमा नर्सको तालिम लिइएका थिए। त्यो बेलादेखि खै सबै ठाउँमा स्वास्थ्यका हिसाबले नर्सिङ पेशाको महत्व थियो। नर्सहरूको पेसागत सुरक्षा र हकहितका लागि भन्दै १५ माघ २०१८ मा नेपाल नर्सिङ संघको स्थापना भएको थियो। सोही संस्था खुलेको दिनलाई दिवसका रूपमा मनाउन थालिएको हो।
नेपालमा नर्सिङको इतिहास त्यति लामो भने छैन तर अहिले याे पेसा अपनाउनेकाे संख्या ठूलो छ। सन् १९४७ मा वीर अस्पतालको सुरुवातपश्चात स्वास्थ्य सहायक र भारतबाट तालिम गरेर आएका थेारै व्यक्तिहरू मात्र थिए। तर अहिले प्रत्येक अस्पतालमा नर्सहरू छन्।
नेपाल नर्सिङ काउन्सिलका अनुसरा २० भदौसम्म ६७ हजार २२ जना नर्सहरू दर्ता भएका छन्। त्यस्तै २३ जना मिडवाइफ, ३५ हजार ३ सय ६४ अनमी छन्। तथ्यांकअनुसार २५ हजारभन्दा बढी नर्सहरू विदेसिएका छन्।
न्यून पारिश्रमिकमा काम
नर्सिङको पढाइ प्राविधिक शिक्षा अन्तर्गत पर्छ। स्टाफ नर्स हुनका लागि तीनवर्षे कोर्स तय गरिएको छ। तीन वर्षमा उनीहरु बिरामीको सेवामा दक्ष भएर निस्किने मान्यता राखिन्छ। त्यही अनुसार शुल्क तय गरिएको छ। सामान्यतया पढाइ शुल्क नै ५ देखि ७ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ। तर, नर्सलाई चित्त बुझ्दो पारिश्रमिक छैन। यसले गर्दा उनीहरुको श्रम शोषण भइरहेको छ।
सुविधाको हकमा नर्सिङ संघले लुगा भत्ता वार्षिक रुपमा १५ हजार रुपैयाँ, रात्रिकालीन भत्ता प्रतिरात १ हजार, हाजार्ड भत्ता सुरु स्केलको २५ प्रतिशत प्रतिमहिना, सुत्केरी बिदा ६ महिना गर्ने प्रस्ताव गरेको छ।
मुगु जिल्ला मुगुमकार्मारोङ गा पा स्वा चौ माग्रीकी २ वर्षदेखि करार सेवा मा काम गर्ने स्टाफ नर्स तारा बिक भन्छिन।
-कठिन भुगोल सिकाई एक जिम्मेवारी अनेक नर्सिङ पेशा।
-करार स्वामा थोरै पारिश्रमिकमा काम गर्न कठिनाई।
- रिफरल सुत्केरी बिरामीसंगै आफै साथि भएर चप्पल संगै २ चोटि जिल्ला अस्पताल पुगीसकेँ।
-सुत्केरी बिरामीलाई पनि धामी झाक्री कहाँ लिएर जोखिम तुल्याईन्छ।
-उपकरण औषधि अभावले कार्य सम्पादनमा कठिनाई।
-भाषागत समस्याले काम गर्न कठिन।
-बिदा लगायतका सुविधा नहुनु।
-करारमा काम गर्दा अन्यबाट अपहेलित
-जागीरकै लागि काम गरेका होलान भन्ने आरोप।
-राजनैतिक तथा अन्य आक्षेपले पिडित।
- आफु बिरामी छु भनेर सुनाउनु कसलाई
यसैगरी जिल्ला अस्पताल मुगुकी स्टाफ गाल्देन छोमु लामा भन्छिन।
- ओटी लगायतका सुविधाबाट बन्चित छौ।
-दरबन्दी अनुसार सबै पुर्ति र बिदा लगायतका काममा जाँदा सबै सधै नर्स साथीहरु कामको भारमा छौ।
-पेशाप्रति आत्मसुन्तुष्ट छु।
-अन्तत मारमा परेर काम गर्नुपर्ने हामी नर्सले नै हो।
मुगु जिल्ला मुगुमकार्मारोङ गा पा स्वा चौ माग्रीकी ३ वर्षदेखि करार सेवामा काम गर्ने अ न मी तुल्सी शाही
भन्छिन।
-आवश्यक औषधि उपकरण नहुँदा पनि त्यसको गाली खाने हामी नर्स नै हौं।
- सरकारले सबै नर्सको मर्का बुझिदियोस्।
- दुर्गममा समयमा हवाई उडान र बाटो को राम्रो सुविधा छैन त्यो पीडा पनि भोगेका छौं।
मुगु जिल्ला मुगुमकार्मारोङ गा पा स्वा चौ पुलुकि अ न मी तुल्सी शाही भन्छिन।
-करार भनि हेला गर्छन।
-रातदिन खटेको सम्मान छैन
-यो पेशाले घर परिवारबाट धैरं टाढा छौ
- अरु केहि नभए पनि धर्म कमाईन्छ लान्छ।
- घर जान आउन एक महिनाको तलवले नि पुग्दैन।
अर्कि एक जनाम अनमीले भन्नु भो अहिले डाडामा फोन गर्न आउदा साथीले भनिन। साथमा दुध खाने बावु छ। केहि बस्ने क्वाटर नहुँदा पनि असुरक्षा उत्पन्न भयो।
जो जतीलाई मैले फोन गरे सबै बिरामी हेर्दै बिजि छु सर पछि कुरा गरुला भन्नु हन्थ्यो अव नर्सले कहिले फुर्सद मिलाई आफ्ना समस्या उजागर गर्नुहुन्छ होला मनन गर्ने हो भने नेपालमा हजारौ स्वदेशमा यस्तै पिडित नर्सहरु छन भने हजारौ संख्यामा बिदेशिन बाध्य छन।
आजको दिवस मनाउने पनि पाकेट खर्च नै चाहिन्छ या अन्य कार्यक्रमबाट व्यवस्था गर्नुपर्छ। यसको सरकारबाट प्रोत्साहान गर्ने खालका कार्यक्रम र बजैटको पनि व्यवस्था छैन। गाउँमा त नर्स होईन डाक्टर्नी साव भन्छन तर केही छैन। त्यसैले विभिन्न तहका सरकारबाट एक पल्ट नर्सिङ क्षेत्रमा काम गर्ने जनशक्तिको विषयमा रणनैतिक कार्यक्रम ल्याउनु आवश्यक छ।