मनिराज पाण्डे, कालीकोट– नौ महिनादेखि पाँच बर्ष मुनिका १७ हजार ८ सय ३५ बालबालिकालाई दादुरा–रुबेला खोप लगाइएको छ। जिल्ला भर १७ हजार ४ सय ३८ बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य सेवा कार्यालय कालीकोट लक्ष्य भन्दा ३ सय ९७ अर्थात २.३ प्रतिशत थप बालिबालिकालाई खोप लगाएको छ।
नौ वटै स्थानीय तहका २ सय २७ खोप केन्द्र बाट दादुरा–रुबेला खोप लगाइएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख संकेत बिश्वकर्माले बताए।
दुई चरणमा संचालन गरिएको दादुरा–रुबेला खोप अभियानमा कुनै पनि खोप नलिएका र नियमित खोप छुटेका बालबालिकालाई खोजेर खोप लगाइएको महतले बताए।
दादुरा–रुबेला खोप अभियान सफल पार्न सहयोग गर्ने स्वास्थ्यकर्मी, सरोकारवाला निकाय, पत्रकार र स्थानीय नागरिकलाई स्वास्थ्य सेवा कार्यालय कालीकोटले आभार सहित धन्याबाद ब्यक्त गरेको छ। खोप पहिलो चरण अन्तरगत खाँडाचक्र र तिलागुफा नगरपालिका, नरहरिनाथ, पलाँता र महाबै गाउँपालिकामा फाल्गुण १३ देखि १५ गते सम्म संचालन गरिएको थियो।
त्यस्तै दोस्रो चरण अन्तगत रास्कोट नगरपलिका, पचालझरना, सान्नीत्रिवेणी र शुभकालिका गाउँपालिकामा फाल्गुण १७ देखि १९ गते सम्म संचालन गरिएको जनाइएको छ।